Friday, May 12, 2006

प्रेश विज्ञप्ति

 

अर्को जनआन्दोलनको आवश्यकता नपरोस् ।
निरंकुश राजतन्त्र तथा शाही सरकारका पहरेदारको चरम दमन, अत्याचार एवं स्वेच्छाचारी हठबाट विष्फोटित भै त्यस बर्बर तानाशाही अराजकता विरुद्ध स्वतःस्फर्ूत उर्लिएको लाखौं नेपाली जनताको निस्वार्थी शान्तिपर्ुण्ा आन्दोलनले नेपाली इतिहास ऐतिहासिक दिशातर्फ उन्मूख भैसकेको छ । यस ऐतिहासिक जनआन्दोलनको हुरीले पर्ूण्ारुपमै बढारिनै लागेको निरंकुशतन्त्रले आफनो क्षणिक बचाबट गर्न प्रतिनिधिसभाको पुनस्थापनाको त्यान्द्रो समातेर फेरिपनि उही र्फमूला "फुटाउ र राज्य गर" को सिद्धान्तमा लागिसकेको र्सवविधितै छ । सातलदको गठबन्धनलाई फुटाउने दुष्प्रयास विगतमा पनि गरिएको थियो, हाल पनि जारिछ भन्ने कुरो घाम झैं र्छलड्ग छ । अर्को तर्फ विगत झै अहिलेपनि राजनितिक दलहरुले मन्त्रीमण्डल गठन र सरकारमा बस्ने नबस्ने मुद्वालाई विवादित बनाउंदै लैजाने हो भने कालकोठरीमा जाकिंदै गएको निरडकुशतन्त्रले फेरि पाशा फाल्दै आफनो टाउको उठाउन खोज्नेछ । त्यसमा पनि सात राजनैतिक दल र माओवादी बीच फुट पैदा गरि यस ऐतिहासिक जनआन्दोलनको भावनामाथि पानि खन्याउन सक्छ । विगतको घिनलाग्दो अनुत्तरदायी राजनीतिलाई संस्मरण गराउने गरी यतिवेला देखापर्न थालेको पदको मोहको संर्घष्ाले आन्दोलनको उद्देस्य प्राप्तिमा बाधा आउन लागेको हो कि भन्ने आम नेपालीलाइ शंका पर्न गएको हुँदा हामी सात राजनीति दलका नेताहरुलाई यसतर्फसचेत बनाउदै खवरदारी गर्न चाहन्छौं । अहिलेको राष्ट्र र जनताको माग भनेको माओवादीसंगको सफलबार्ता हुंदै संविधानसभाको निर्वाचनमा पुगी नयाँ नेपालको पर्ुनसंरचना गर्नुहो । तर्सथ जनतानै र्सर्वेर्सवा एवं राज्यशक्तिको प्रमुख हुन भन्ने मूल मान्यतालाई आत्मसातगरि यस संक्रमणको अवस्थामा राष्ट्र र जनताप्रति उत्तरदायी भै जनआन्दोलनद्धारा प्रतिपादित लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण गर्नुछ ।
सदियौं देखि नेपाली जनताले भोग्नु परेको उत्पीडनको मूल जरो भनेको राजतन्त्र नै हो रहेछ भन्नेकुरो अब कुनैपनि स्वाभिमानी नेपालीलाई भं्रम छैन । तर्सथ नेपालमा राजतन्त्रको भविष्यलाई निर्ण्र्ाागर्ने अधिकार केबल नेपाली जनताको मात्र हो । कुनैपनि आन्तरिक वा वाह्य तत्वको आडमा अब राजतन्त्रको अस्तित्वलाई पुनर्व्याख्या गरिनु हुंदैन । नेपाली जनताले दिगो शान्ति र आमूल परिवर्तन चाहेका छन्, जहां सबै बर्ग, जात-जाती, भाषा-भाषी एवं पेशाकर्मीहरु निर्धक्क भएर आफनो मौलिक अधिकार प्रयोग गरि सुन्दरशान्त नेपालको चौतर्फी विकासमा कांधमा कांध मिलाई अघिबढ्न सक्नेछन् । यसको शुरुवात भनेको सफल संविधान सभाको निर्वाचन मार्फत नयां संविधान हो जसको लागि सात राजनैतिक दलहरु र माओवादी दुवै पक्षले हदैसम्म लचिलो भै इमान्दारिता देखाउनु पर्नेछ । यदि यस पटक पनि जनभावना अनुरुप शान्तिको चाहनालाई व्यक्तिगत तथा पार्टिगत निहित स्वार्थ पर्ूर्तिगर्ने थलोको रुपमा परिणत गर्ने दुस्साहस गरिन्छ भने नेपाली भूमिमा अर्को आन्दोलन दल र मावोबादी विरुद्धको हुनेछ । नेपाली भूमिले अव अर्को आन्दोलन खेप्न नपरोस् ।

प्रतिनिधिसभा र मन्त्रिपरिषदका बैठकहरुबाट हालै पारित प्रस्ताव र निर्ण्र्ाारुले नयां नेपाल निर्माणको बाटोतर्फ सकारात्मक संकेत देखाएको छ । कुनै पनि शक्ति र तत्वको दवाबमा सात राजनैतिक दल र नेताहरुले खुट्टा नकमाउन् । यस भन्दा पनि सशक्त निर्ण्र्ाारु गर्दै शहिदहरुको बलिदान एवं आम नेपाली जनताको त्यागको सम्मान गर्न हामी आह्वान गर्दछौं ।
प्रजातान्त्रिक गणतन्त्र नेपाली मोर्चा, रेडिङ, बेलायत,
१२ मे २००६

#

2 Comments:

At 1:35 am, May 13, 2006, Blogger Nepali Alliance, Reading, UK said...

This site is under construction. A blogger is learning by doing

 
At 12:24 am, May 18, 2006, Blogger Nepali Alliance, Reading, UK said...

This is the test comment

 

Post a Comment

<< Home